१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

भक्तपुरको एमाले अध्यक्षमा पुन : देउजा निर्वाचित

६ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित भएको छ । यसअघि पनि जिल्ला अध्यक्ष रहेका देउजाले दुई सय ९० मत प्राप्त गरे । उनका प्रत्यासी मोहनवीर श्रेष्ठले दुई सय एक मत प्राप्त गरे । अध्यक्षका प्रत्यासी श्रेष्ठ यसअघि जिल्ला कमिटि सचिव थियाे ।

त्यसैगरि उपाध्यक्षमा किरण थापा विजयी भएको छ । सचिवमा विष्णु तामाङ, उपसचिवमा सानुकाजी कायस्थ र उत्तरा नेपाल विजयी भएको छ । प्रत्येक वडाबाट सदस्य सङ्ख्याको आधारमा र १८ वटा जनवर्गीय सङ्गठन, सल्लाहकार समेत गरी कूल चार सय ९८ जना अधिवेशन प्रतिनिधि सहभागी थिए । त्यसमध्ये कूल चार सय ९१ मत खसेको थियो । सदस्य र लेखासमिति समेत गरी एक सय १३ सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत शिवराम तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १६:५२