२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

सोमबार ३२.७३ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

६ जेठ, काठमाडाैं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साेमबार ३७ अर्ब ७३ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।कार्यालयले ३७ अर्ब ७३ करोड रुपियाँमध्ये ३२ अर्ब ७३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको जनाएको छ ।

कार्यालयले २८ दिनका लागि, १० अर्ब रुपियाँ, ९१ दिनका लागि ७ अर्ब २३ करोड रुपियाँ र १८२ दिनका लागि ८ अर्ब रुपियाँबराबरको ट्रेजरी बिल नवीकरण तथा ५ अर्बको नयाँ ट्रेजरी र १ वर्षका लागि ७ अर्ब ५० करोड रुपियाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यस ट्रेजरी बिलका लागि भोलि ९सोमबार जेठ ७ गते० दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १५:०१