६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

काठमाडौं महानगरले गौशाला चोकका घरहरूमा चलायाे डोजर

६ जेठ, काठमाडाैं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा घरहरू डोजर लगाएर भत्काएको छ । ४ वटा डोजर प्रयोग गरेर सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसल भत्काइएको छ

महानगरले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरू भत्काउन ३५ दिन अगाडि सूचना जारी गरेको थियो । यस्तै १५ दिनदेखि घर भत्काउन माइकिङ गरे पनि घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बनेपछि बालेन साहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १२:२५