सुनको मुल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार नाघ्याे
६ जेठ, काठमाडाैं । आज सुन तथा चाँदीको मुल्य बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो।
आज तेजावी सुनको भाउ पनि तोलामा १६ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा ११० रुपैयाँले बढेर तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार ११:०१