पत्रकारितामा क्रियाशिल नुवाकोटका चार पत्रकार पुरस्कृत हुँदै
१४ मंसिर, नुवाकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको बार्षिक साधारणसभा मंसिर २८ गते विदुरमा हुने भएको छ । शुक्रवार सम्पन्न कार्य समिति बैठकले बार्षिक साधारण सभाको मिति तय गरेको हो ।
साधारण सभामा नुवाकोट जिल्लामा क्रियाशिल चार जना पत्रकारहरुलाई पुरस्कार समेत प्रदान गर्ने निर्णय कार्य समितिले गरेको छ । एक दशक अघि निर्णय भएर पुरस्कार वितरण भने हुने नसकेको नुवाकोटका पुराना पत्रकार स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार सहित अन्य तीन पुरस्कार साधारण सभामा प्रदान गरिने भएको छ ।

जिल्ला अध्यक्ष कपिलदेव खनालका अनुसार नेपाल पत्रकार महासंघ नुवाकोले पहिलो पटक पत्रकारहरुलाई पुरस्कार प्रदान गर्न लागेको हो । यो वर्षबाट सुरु हुने पुरस्कारलाई हरेक वर्ष निरन्तरता दिने बताइएको छ । यो वर्ष पुरस्कृत हुने पत्रकारहरुमा देवचन्द्र भट्ट, शिब देवकोटा, भोलाराज पौडेल र भगवती लामा छन् ।
भट्टलाई मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार, देवकोटालाई दिर्घ सेवा पत्रकारिता पुरस्कार, पौलेललाई रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र लामालाई महिला पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।
सबै पुस्कारको राशी एधार हजार एक सय एधार रुपैयाँ रहेको छ । मोहनविक्रमध्वज जोशी पत्रकारिता पुरस्कारको राशी नुवाकोटबाट सञ्चालन भइरहेको डवली खबर डटले र रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी नुवाकोट जेसिसले सौजन्य गर्ने यस अघि घोषणा भइसकेको छ ।
प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार २२:०५












