१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

राजनीतिसँगै समाजसेवामा पनि कांग्रेस प्रवक्ता शर्मा, असाहयका लागि घर बनाउन जग्गा दान

१४ मंसिर, झापा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिसँगै सामाजिक कार्यमा पनि अाफूलार्इ अघि सार्दै अाएका छन । यस्तैमा उनले एक बेसहरामा महिलाका लागि जग्गा किनेर दिएका छन ।

सुत्केरी अवस्थामा नै पति बियोगका कारण असाहय बन्नु भएकी झापा मेचीनगरकी देवी मेचेको घर निर्माणका लागि शर्माले जग्गा किनिदिएका हुन । मेचीनगर–१०, धुलाबारी बजारको घोडापट्टीमा डेरा गरेर बस्दै अाएकी देवी मेचे ५ दिनको सुत्केरी हुँदा पतिको मृत्यु भएको थियो । दुई सन्तानकी आमा देवीले १२ वर्षअघि करेन्ट लागेर दाहिने हात समेत गुमाउनु गुमाएकी थिइन ।

शुक्रबार धुलाबारीमा पत्रकार सम्मेलन गरी शर्माले मेचेको घर बनाउन मेचीनगर–९, कमल चोक पूर्वमा एक लाख मूल्यमा ७ धुर जग्गा खरिद गरिएको जानकारी दिए । उनको घरमा चाहिने सबै सामाग्री र बालबच्चाको शिक्षाको समेत व्यवस्था गर्न देवी मेचीको संरक्षणका लागि अभियान सञ्चालन गर्न समिति नै गठन गरी स्थानीयहरु सक्रिय भएका छन ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार २१:३२