९ असार २०८१, आईतवार | Sun Jun 23 2024

नेप्सेमा २ लाख ५६ हजार कित्ता सेयर सूचिकृत


४ जेठ, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत भएको छ । नेप्सेमा साविकको सामुदायिक लघुवित्त र विपीडब्लु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने /गाभिने गर्दा १ः०.८५३५ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुँक्ता मूल्य १०० रुपैंयाका दरको १४ लाख ५२ हजार १ देखि १७ लाख ८ हजार ५० सम्मको जम्मा २ लाख ५६ हजार ५० कित्ता सेयर सूचिकृत भएको हो ।

धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी जेठ ४ गतेको निर्णायनुसार कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १३:०६