१८ मंसिर २०८१, मंगलवार | Tue Dec 3 2024

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

४ जेठ, काठमाडाैं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो।

घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजीबजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ। नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरी १० वर्षभन्दा बढी समय कार्य सम्पादन गरेका छन्। घिमिरेले FCCA साथै काठमाडौं विश्वविद्यालय स्कूल अफम्यानेजमेन्ट (कुसुम)बाट EMBA पनि गरेका छन् ।

घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सन्चालनमा विज्ञता रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार ११:२२