२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा एक कम्पनीको सेयरमूल्य समायोजन, यस्तो छ प्रतिकित्ता मूल्य

४ जेठ, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । नेप्सेमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६१.५८ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबारकाे दिनको अन्तिम मूल्यका आधारमा सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबारकाे दिन अर्थात बिहीबार, नेप्सेमा कम्पनीको सेयर प्रतिकित्ता ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।आइतबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यअनुसार कारोबारमा आउनेछ ।

प्रकाशित मिति : 09:19