मोरङमा विद्यालय व्यवस्थापन समितिको बैठकमा शिक्षक प्रतिनिधिबाटै अभिभावक कुटिए
१४ मंसिर, मोरङ । माेरङकाे जनता नमुना स्कुल विराटनगरको विद्यालय व्यवस्थापन समितिको बैठकमा शिक्षक प्रतिनिधिले अभिभावक प्रतिनिधिलाई कुटपिछ गरेकी छन् ।
अाज बिहान ८ बजेदेखि बसेको बैठकमा रिक्त रहेको दुई जना सदस्यलाई मनोनित गर्ने बिषयमा विवाद हुदा शिक्षक प्रतिनिधि शिला नेपालीले अभिभावक प्रतिनिधि ममता कर्णमाथि हातपात गरेकी हुन् ।
विराटनगर महानगरपालिका– २ का वडा अध्यक्ष कुमार पोखरेल उपस्थित भएको छलफलमा बैठकको निर्णय लेख्ने बिषयमा विवाद भएको थियो । विवादपछि निर्णय पुस्तिका खोस्ने क्रममा नेपालीले कर्णमाथि हातपात गरेकी हुन् । बैठकमा विवाद भएपछि नेपालीले माइन्यूट राखेकाे दराजको चाबी बोकेर हिँडेकी थिइन् ।
समितिमा दुई जना सदस्य मनोनीत गर्ने विषयमा विवाद भएको थियो । ४ जना अभिभावक प्रतिनिधि र वडा अध्यक्षसहित पाच जनाले सदस्य मनोनित गर्ने निर्णय लेख्नुपर्छ भनेपछि नेपालीले माइन्युट राखेको दराजको चाबी लिएर हिडेकी थिइन् ।
शिक्षक प्रतिनिधि र अभिभावक प्रतिनिधिबीच विवाद हुँदा वडाअध्यक्ष कुमार पोखरेल साक्षी थिए । ‘विद्यालय सुधार गरौं भनेर निर्वाचित भएदेखि नै लागि परेको छु’ पोखरेलले भने ‘सबै सहयोग गर्छु भन्दा पनि मान्दैनन् ।’
विद्यालयका प्राध्यानाध्यापक विजय रौनियार भने माइन्यूट लेख्ने बिषयमा सामान्य विवाद भएको बताउदै उनले आफूले मिलाउने प्रयत्न गरेको बताए ।
प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार २०:०२












