२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा झिनो अंकको सुधार, तीन लघुवित्तको सेयरमा सकारात्मक सर्किट

३ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ काे बिन्दुमा बन्द भएकाे छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ८२ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार तीन लघुवित्त कम्पनीको सेयरमा सकारात्मक लागेकाे छ। यस दिन हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन माण्डु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घटेको छ।

प्रकाशित मिति : 15:18