दुईवटा फाइल सदर गर्दै स्वास्थ्यमन्त्री यादवको पदभार ग्रहण
३१ वैशाख, काठमाडाैँ । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आज बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगि पदवहाली गर्नुभएको छ । आजै विहान यसअघिका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राजिनामा दिए लगत्तै जनता समाजवादी पार्टीले प्रदीप यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादव सहित स्वास्थ्य राज्यमन्त्री हसिना खानलाई समेत पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । बेलुका सात बजेपछि मन्त्रालय पुग्नु भएका यादवलाई कर्मचारीहरुले दही खुवाएर कार्यकक्ष प्रवेश गराएका थिए । कुर्सीमा बसेपछि मन्त्रीले दुईवटा फाइल सदर गर्नुभयो ।
पहिलो निर्णय अस्पतालहरुको जनशक्ति थप गर्नका लागि ओएनएम गर्ने विषय थियो भने दोस्रो निर्णय एघारौँ तहमा बढुवा भएका डाक्टरको पदस्थापन सम्वन्धी रहेको सचिव मधुसुदन बुर्लाकोटीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार २१:३६