सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८७.३५ प्रतिशतले बढ्यो
३१ वैशाख, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्ममा कम्पनीले २८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ८७.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १४.४१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १५.५९ प्रतिशत र कुल खर्च ११.९३ प्रतिशत बढेको छ। याे अवधिमा कम्पनीकाे चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ती कोषको आकार १६ करोड ५३ लाख रुपैयाँ र रिटेन्ड अर्निङ कोषमा ६३ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १ रुपैयाँ ९० पैसा बढेर ९ रुपैयाँ ५३ पैसा पुगेको छ। समीक्षा अवधिसम्म इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.४० गुणा रहेको छ।
प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १०:१०