२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेपाल टेलिकमको नाफा ३.६३ प्रतिशतले बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी

३१ वैशाख, काठमाडाैं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्ममा कम्पनीले ३१ अर्ब २० करोड रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.०३ प्रतिशतले कम हो । १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १ रुपैयाँ ३५ पैसा बढेर ४१ रुपैयाँ ४४ पैसा पुगेको छ। त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.१३ गुणा रहेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०९:५१