२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

१३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्दै सूर्यकुण्ड हाइड्रो

३० वैशाख, काठमाडाैं। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियबासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेकाे हाे ।

आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा सुर्यकुण्ड हाइड्रोका तर्फबाट सञ्चालक समितीका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : 13:48