नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क बढ्यो, यस्तो छ नाफा
३० वैशाख, काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएको थियो।
समीक्षा अवधिसम्म इन्स्योरेन्सको खुद नाफा २२.२१ प्रतिशतले बढेर ६० करोड ३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेकाे छ भने कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ११ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ७५ पैसा पुगेको छ भने इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६१.२३ गुणा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ६५ पैसा रहेको छ।
प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १०:०१