२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभर प्रदर्शन

२८ वैशाख, काठमाडौँ। सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। साथीको सम्बन्ध र पैसाले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्ने चलचित्रको निर्माण सुरज सुनुवार र नवीन मानन्धरले गरेका हुन्। चलचित्रमा सहकारी ठगीको विषयलाईलाई समेत गम्भीरताका साथ उठाउन खोजिएको छ।

चलचित्रको काठमाडौँ र धरानमा ग्राण्ड प्रिमियर गरिएको थियो। प्रिमियरमा चलचित्र हर्ने सबैले चलचित्रले पूर्ण मनोरंजन दिएको प्रतिक्रिया दिएका छन्। धरानमा सुम्निमा पारुहाङ्ग सहयोगार्थ च्यारिटी शो (पेड प्रिमियर) गरिएको हो।

रेअर राइ, नीति शाह, नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ । दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो ।

नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन् ।रोहित रत्नको आरआर फिल्मस्ले फिल्म वितरणको जिम्मा लिएको छ । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ शिशिर विशंखेले खिचेका हुन् । मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ ।

काठमाडौंसँगै दार्जलिङ, धरान र इटहरीमा फिल्मको छायांकन भएको हो । चलचित्रमा धरानको स्थानीय कला तथा मौलिक लवजलाई बिसेष तरिकाले प्रस्तुत गरिएको छ।

प्रकाशित मिति : 13:25