भिअार्इपी स्कर्टिङको मोटरसाइकल दुर्घटना, घाइतेको अवस्था गम्भीर (भिडियोसहित)
१४ मंसिर, काठमाडाैँ । भिअार्इपी स्कर्टिङको मोटरसाइकल दुर्घटनामा परेको छ । काठमाडाैँको त्रिपुरेश्वरचोकमा बिहीबार राति निलो माइक्रोसँग ठोक्किएर स्कर्टिङको मोटरसाइकल दुर्घटनामा परेको हो ।
तीब्र गतिमा रहेको मोटरसइलक तीब्र गतिमै रहेको निलो माइक्रोमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन । माइक्रोसँग ठोक्किएर दुर्घटनामा परेका नेपाल प्रहरीका कमल गुरूङ गम्भीर घाइते भएका छन ।

उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीले जानकारी दिए । उनका अनुसार गुरूङको हात र खुट्टा फ्याक्चर भएको छ । उपचारमा रहेका गुरूङको अवस्था खतरामुक्त नरहेको पनि उनले बताए ।
प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार ०९:३०












