बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइँदै
२५ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ ।
रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गरेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा मंगलबार मध्याह्न समस्या आएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १३:३८










