नेपाली सेनाको भर्नामा भ्रष्टाचारः १९ अधिकृतसहित १७३ सैनिक कारबाहीमा
१३ मंसिर, काठमाडाैँ । नेपाली सेनाले २०७३ र २०७५ सालमा विभिन्न पदहरुको भर्नामा अनियमितता गरेको आरोपमा १९ अधिकृतसहित १७३ सैनिक कारबाही गरेको छ । गत जेठ २ गते बसेको नेपाली सेनाको कोर्ट अफ इन्क्वायरीले छानबिन गरी २३ अधिकृतसहित १८७ जनालाई भर्ना प्रक्रियामा दोषी ठहर गर्दै समरी सैनिक अदालतसमक्षय सिफारिस गरेको थियो ।
त्यसमध्ये ४ अधिकृतसहित १४ जनाले सफाइ पाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । कारबाहीमा परेका १२ जना सैनिकलाई ३५ दिनदेखि ६ वर्षसम्म कैद सजाय सुनाइएको छ भने कतिपयलाई बढुवा रोक्का र सचेत गराउने कारबाही गरिएको छ ।
गत कात्तिक ६ गते उपरथीको अध्यक्षतामा गठन भएको ९ सदस्यीय जनरल समरी सैनिक अदालतले २३ अधिकृतसहित १७३ जनालाई दोषी ठहर्याइएको छ, जसमा १० जनाबाट तीन करोड २२ लाख ७५ हजार रुपैयाँ विगो रकम असुल गर्ने फैसला गरिएको छ । २ जनालाई ६ वर्ष कैद र भविष्यमा सरकरी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिएको छ । २ अधिकृतसहित ६ जनालाई ३५ दिनदेखि ३ वर्षसम्म कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १८:५१












