जोरबिजोर प्रणाली लागू गर्ने प्रहरीको निर्देशन अवज्ञा गर्न कांग्रेस नेता गगन थापाको उर्दी
१३ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थापाले जोरबिजोर प्रणाली लागू गर्ने प्रहरीको निर्देशन अवज्ञा गर्न उर्दी जारी गरेका छन । चारतारे युथ कांग्रेसले जारी गरेको विज्ञप्ति सेयर गर्दै नेता थापाले प्रहरीको निर्देशन नमान्न उर्दी जारी गरेका हुन । उनले धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको टिप्पणी समेत गरेका छन ।
थापाले फेसबुकमा लेखेका छन्, ”सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’
प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १८:३३