१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

होटल मालिकले जागिरबाट निकालिदिन्छु भनेपछि ८ वर्षीय बालकको अपहरण गरी हत्या

१३ मंसिर, काठमाडौँ । गाेंगबुबाट अपहरणपछि हत्या भएका बालकको अपहरण गर्ने व्याक्तिले बयान दिएका छन । ८ वर्षीय बालक प्रयास कुँवरकाे हत्या गर्ने स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका कुँवरका सवारी चालक महेन्द्र सार्की रहेकाे खुलासा भएकाे छ ।

स्याङ्जा घर भएका सार्की कुँवरका सवारी चालकले दिएको बयानका आधारमा प्रहरीले म्हैपीकाे पुलमुनि बालकको शव भेटेको हो र प्रहरीसँग आफूले अपहरण र हत्या गरेको स्वीकारेका छन् ।

पीडित परिवारले दिएको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सार्कीलाई शंकाको घेरामा राखेको थियो । त्यसक्रममा उनलाई बुधबार पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

प्रहरीका अनुसार एक महिना अघिदेखि मात्र सार्की त्यो गेस्ट हाउसका सञ्चालकको ड्राइभरका रुपमा काम गर्न थालेका थिए । तर, सुरुदेखि नै उनले ‘मन लगाएर’ काम गरेका थिएनन् । राम्रो काम नगरेको भन्दै होटल सञ्चालकले वेलावेला उनलाई झपार्ने गरेका थिए । कसुर स्वीकारिसकेपछि बयान दिने क्रममा सार्कीले भनेका छन्, ‘मालिकले मलाई निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिने गरेका थिए ।’

उनले दिएको बयान अनुसार मंगलबार साँझ होटल सञ्चालक नियमित स्वास्थ्य जाँचका लागि निस्किने वित्तिकै उनले बालकलाई अपहरण गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १८:०९