२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

सामलिङ्ग पावरको विद्युत बिक्री आम्दानी घट्यो

२१ वैशाख, काठमाडाैं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १९ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट २० करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीले समीक्षा अवधिसम्म १८ करोड २ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १९ करोड १७ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ४१ लाख रुपैयाँ सञ्चित छ। याे अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७७ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १०८ रुपैयाँ ८४ पैसा छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १२:४९