१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

६३.५१ प्रतिशतले घट्यो हिमालयन डिष्टिलरीको नाफा

२१ वैशाख, काठमाडाैं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । याे नाफा गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा ६३.५१ प्रतिशतले कम हाे । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियाे ।

याे अवधिसम्ममा कम्पनीकाे खुद बिक्री आम्दानी २ अर्ब ४० करोड रुपैयाँबाट घटेर १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२८.७७ रुपैयाँबाट घटेर १०.५० रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३४.५७ रुपैयाँबाट घटेर ११९.७७ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ०९:५२