२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

२० वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीको १०० प्रतिशत हकप्रद बापतको १ करोड ४५ लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १४:४५