९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

२० वैशाख, काठमाडाैं । चौथो टी-२० मा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ९ रनको योगफल बनायो ।

वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बल खेल्ने क्रममा नौ चौका र चार छक्का प्रहार गरे । यस्तै जोनसन चाल्र्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५८ रन बनाए । यसैगरी फाबियन एलनले अविजित ३३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १४:०५