७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

२० वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १३:३०