२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

एलआईसी नेपालले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने

१८ वैशाख, काठमाडाैं। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) (एलआईसी) ले सेयरधनी निराश बनाएकाे छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हाे ।

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। याेसँगै कम्पनीका सेयरधनीहरुको हात खाली हुने भएको छ।

साथै उक्त बैठकले सोहह् बमोजिम कम्पनीको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने तथा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : 09:44