७ फाल्गुन २०८२, बिहीबार | Fri Feb 20 2026

काठमाडौँको शंखमुलमा भीषण आगलागी

१६ वैशाख, काठमाडौँ । काठमाडौँको शंखमुलमा भीषण आगलागी भएको छ । एक ग्यारेजबाट सुरू भएको आगो अरु पसल र घरमा फैलिएको नेकपा एमालेका नेता आरसी लामिछानेले दैनिकीलाइ जानकारी दिए । लामिछानेका अनुसार अहिले काठमाडौं र ललितपुर महानगरको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । आगोले छेउछाउका मोटरसाइकल वर्कसप, पान पसल, माछा पसल, तरकारी पसल र टहरा पनि जलेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार १४:०९