दैलेख जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, अन्य चार जना घाइते
१२ मंसिर, दैलेख । दैलेखमा बुधबार बिहान भएको जीप दुर्घटनामा चारजनाको ज्यान गएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाँटीकाँध गाउँपालिका–३ बहाँकोट बिसलाका लागि छुटेको भे १ च २२०७ नम्बरको बोलेरो जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो ।

दुर्घटनामा ठाटीकाँध गाउँपालिकाका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र ३० वर्षीय निर्मल बमको दुर्घटनास्थलमै ज्यान गएको हो । दुई जनाको उपचारका लागि सुर्खेत लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार जीपको ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइते ४ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ ।
प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार १२:१९












