२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

१०० रुपैयाँमै रिडी पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

९ वैशाख, काठमाडाैं। रिडी पावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २९ गतेदेखि बिक्री खुला गरेको लिलामी सेयरमा आजसम्म बोलपत्र पेश गर्न सकिनेछ।

कम्पनीले माघ २१ गतेसम्म कायम सेयरधनीहरुलाई १ः०.५० अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता सेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गरेको थियो। सो सेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी, कुमारीपाटी, विर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा,बाग्लुङ,बेनी,बुटवल घोराही,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरुबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार ०९:२१