३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यबाहक प्रमुखमा घिमिरे

२ फागुन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नवीनकुमार घिमिरेले बुधबारदेखि कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नु भएको छ । सर्वोच्चले तत्कालीन प्रमुख आयक्त लोकमानसिंह कार्कीको नियुक्त बदरगरेपछि २०७४ जेठ ८ गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएका दीप बस्न्यातले उमेरहदका कारण मंगलबारबाट अवकाश पाएपछि अख्तियारमा घिमिरे कार्यवाहकको जिम्मेबारी पाउनुभएको हो ।

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन २०५३ को दफा २० को कानुनी व्यवस्था अनुसार नवीन घिमिरेले कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको आयोगले जनाएको छ । घिमिरे २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार १८:२०