१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

उपसभामुखमा एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित

२ चैत, काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी छिन । प्रतिनिधिसभा शुक्रबारको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उनले २०१ मत प्राप्त गरिन । उनको प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम)को पक्षमा ५८ मत परेको छ। निर्वाचनमा २५९ सासदले भाग लिनुएका  थिए ।

बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उहाँ निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई ज्ञापन गरे ।

यसअघि नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले तुम्बाहाम्फेलाई तथा नेपाली काँग्रेसका डिला संग्रौला (पन्त) ले भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गरेका थिए । उपसभामुख तुम्बाहाम्फे कानुन व्यवसायीका साथै वाम आन्दोलनमा योगदान पु¥याएको व्यक्तित्व हुन ।

यसअघि भएको मतदानमा भुसालका प्रस्तावका पक्षमा ६१ र विपक्षमा २०१ मत परेको थियो । मतदानमा २६२ सांसदको सहभागिता थियो ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १७:२६