२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

नागढुङ्गा सुरूङ मार्गको ‘ब्रेक थ्रु’ आज, निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

३ वैशाख, काठमाडौँ । नागढुङ्गा सुरूङ मार्गको मुख्य सुरूङ आज ‘ब्रेक थ्रु’ हुने भएको छ । आज दुई मिटर खनेर सुरूङको ‘ब्रेक थ्रु’  हुनेछ । उक्त ‘ब्रेक थ्रु’ को निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सहभागी हुने भएपछि आज औपचारिक कार्यक्रम गर्न लागिएको नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरूले बताएका छन । मुख्य सुरूङको लम्बाइ २६६७ मिटर रहेको छ । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त सुरूङ मार्गको शिलान्यसा भएको थियो ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदाको मन्त्रिपरिषद् बैठकले पहिलो पटक नागढुंगामा सुरूङ बनाउने निर्णय गरेको थियो । सुरूङ पूर्ण रूपमा निर्माण भएर सञ्चालनमा आउन भने कम्तिमा एक वर्ष लाग्ने आयोजनका कर्ममचारीले बताएका छन ।

 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ०७:४७