२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

२ वैशाख, काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् । नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतको पहिचान खुल्न बाँकी रहेको र घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आईतवार ११:५४