९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

पर्यटन मजदुरको ज्याला बढाउन माग गर्दै टानको कार्यालयमा तालाबन्दी

१० मंसिर, काठमाडाै । ट्रेकिङ क्षेत्रका पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)मा तीन मजदुर संगठनले तालाबन्दी गरिदिएका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले संयुक्तरुपमा तालाबन्दी गरिदिएका हुन् ।

गत साउनमा तलब, भत्ता , बीमा, चाडपर्व भत्ता लगायत विषयमा पर्यटन मजदुरहरुले टानसमक्ष सात सुत्रीय माग पत्र राखेको र तीन महिना बितिसक्दासमेत समस्याको समाधानतर्फ टान कार्यसमिति एवं पदाधिकारी उदासिन भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।
पथ प्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाएको टिम्स रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, चाडपर्व खर्चको साथै विगतमा गरिएको सम्झौता कार्यन्वयनको माग गर्दै तालाबन्दी गर्नुपरेको उनले बताए ।
पटक–पटक ध्यानाकर्षण गराउँदासमेत टानले श्रमिकको जाहेज मागलाइ ध्यान नदिएको र सरकारले वृद्धि गरेको तलब भत्तासमेत श्रमिकले नपाएको भन्दै तालाबन्दीको विकल्प नभएको नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डेले बताए । यता अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव उपेन्द्र उप्रेतीले श्रमिकका जायज मागलाई संयुक्तरुपमा उठान गरिएको र समस्या समाधान नभएसम्म आफूहरु चरणबद्ध विरोधमा उत्रिने बताए ।

यसैबीच टानका महासचिब आङ पेम्बा शेर्पाले अाफ्ना अधिकारका निम्ति अावाज उठान गरेकामा सम्पूर्ण मजदुर युनियनका नेताहरुलाई धन्यवाद दिएका छन ।

शेर्पाले मजदुरका मागहरु प्रति एकदम सकरात्मक रहेको बताएका छन । उनले अाफूले मजदुरका मागहरु पर्यटन विभाग, पर्यटन बोर्ड र श्रम विभागले सम्बोधन गर्ने साेचेकाेमा तेसाे हुन नसकेकाे बताएका छन । महासचिव शेर्पाले अाफू ट्रेकिङ कम्पनीहरुलाई  अप्ठेरो नपर्ने गरी समय सापेक्ष ढंगाले पर्यटन मजदुरहरुको दैनिक ज्याला वृदि गर्न तयार रहेकाे उल्लेख गर्दै वार्ता टोली बनाएर आउन अाग्रह गरेका छन ।

 

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार १७:२९