२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

रिडी पावरको ११ लाख ३५ हजार लाख कित्ता हकप्रद सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य

२९ चैत, काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले १ः०.५० अनुपातमा बिक्री खुला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । सो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी, कुमारीपाटी, विर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा,बाग्लुङ,बेनी,बुटवल घोराही,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरुबाट आगामी वैशाख ९ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : 12:46