रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, बोलायो साधारण सभा
२९ चैत, काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले बैशाख २० गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा सातौँ र आठौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले बैशाख १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन सक्नेछन्।
प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १२:००












