१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

यो बर्षका लागि सेयर बजार बन्द

२९ चैत, काठमाडौँ। यो बर्षका लागि सेयर बजार बन्द भएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्र(इद)को अवसरमा सार्वजनिक बिदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । भाेलि शुक्रबार भएकाले याे बर्षका लागि सेयर काराेबार नहुने भएकाे हाे ।

आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन । अब बजार २०८१ वैशाख २ गते बिहान ११ बजे खुल्नेछ । यसअघि २०८० को अन्तिम कारोबारको दिन बुधबार बजार १०.७१ अंकले घटेर २०२५.३० बिन्दुमा बन्द भएको थियो । उक्त दिन ३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार ०९:५०