यो वर्षको अन्तिम कारोबारको दिन पनि नेप्सेसँगै घट्यो कारोबार रकम
२८ चैत, काठमाडौँ । यो वर्षको अन्तिम कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १०.७१ अंकले घटेरर २०२५.३० को विन्दुमा बन्द भएकाे छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको ८६ लाख ९६ हजार कित्ता सेयर कारोबार भएको छ।
यस दिन माण्डु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेकाे छ । बुधबार सिंगटी हाइड्रोको सेयरमा भने नकारात्मक सर्किट लागेकाे छ ।
प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १५:२०












