१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

सहकारीका बचतकर्ता नठगिने स्थितिको सुनिश्चितता सरकारले गर्नुपर्छः सांसद थापा

२८ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको बचतकर्ताको बचत अपचलनको विषय ठगीको विषय भएको भन्दै बचतकर्ता नठगिने स्थितिको सुनिश्चितता सरकारले गर्नुपर्ने माग गरेका छन् ।

 प्रतिनिधिसभाको आजको बैठकमा बाेल्दै उनले सूर्यदर्शन सहकारीको विषय अदालतमा विचाराधीन भएका कारण सदनमा बहस नगर्नसमेत सुझाव दिए ।

“सूर्यदर्शन सहकारीसम्बन्धी यो विषय कास्की जिल्ला अदालतमा विचाराधीन छ । संविधानबमोजिम सदनमा अदालतमा विधाराधीन विषय बहसको विषय हुँदैन भन्ने कुरा थाहा छ । तर यो विषय थाहा पाएर पनि उठाइरहेका छौँ”, उनले भने, “तर समस्यामा छलफल गरेर निष्कर्षमा पुग्नका लागि होइन । प्रतिपक्षको भूमिकामा हामीले यो विषय उठाएका थियाैँ ।”

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १४:०२