१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित

२७ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि चैत २८ गते बुधबारसम्मका लागि स्थगित भएको छ । बैठक भोलि ११ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हाे ।

आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दोर्याएपछि सदन अवरुद्ध भएको थियो ।

कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो । तर बैठक स्थगित भएको लामो समयसम्म पनि पुन: सुरू हुन सकेन।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारण देखाई सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १४:२९