२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

एउटै कोठामा मृत भेटिए दिदीबहिनी

२७ चैत, काठमाडौँ। कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्। मंगलबार घोडाघोडी नगरपालिका-१० ठेबारस्थित एक घरमा दुई जना दिदीबहिनी मृत फेला परेका हुन्।

घरको माथिल्लो तलामा २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार ११:५०