१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

युक्रेनको नौसेनाको जहाज रूसद्धारा कब्जा

१० मंसिर, काठमाडाैँ ।  युक्रेनको नौसेनाको जहाज रूसले कब्जा गरेको छ । रुसले क्रिमिया प्रायद्विपमा रहेका युक्रेनको नौसेनाको जहाज कब्जा गरेको छ । यसै विषयलाई लिएर रुस र युक्रेनबीच थप विवाद बढेको छ । यस सम्बन्धमा भने दुबै देशले एक–अर्कालाई जिम्मेवार देखाइरहेका छन् ।

रुसले युक्रेनको जहाज अजोभ सागरमा गैरकानूनी ढङ्गले आफ्नो जल सीमामा पसेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो । रुसले हतियार युक्त डुंगा र डुंगालाई तान्ने पानी जहाज नियन्त्रणमा लिएको हो । नियन्त्रणका क्रममा युक्रेनका ६ जना सदस्य घाइते भएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार ०९:३६