२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

शसस्त्र प्रहरी अस्पतालको स्टोरमा भिषण आगलागी

२६ चैत, काठमाडाैं । शसस्त्र प्रहरी अस्पतालको स्टोरमा भिषण आगलागी भएको छ । सोमबार दिउँसो बलम्बुमा रहेको अस्पतालको स्टोरमा आगलागी भएको हो । बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

त्यहाँ आवश्यक बन्दोबस्तीका सामग्रीहरू राखिएका छन्। हलचोकमा पुग्ने ठाउँ नभएकाले सामानहरू त्यहाँ राख्ने गरिएको थियो। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्। आगलागी कसरी भयो भन्ने खुलिसकेको छैन।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १७:३५