१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

कोशी प्रदेशमा माओवादीका मन्त्रीहरूले बुझाए राजीनामा

२६ चैत, काठमाडौँ । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका छन् ।सोमबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेलगत्तै मन्त्रीहरूले राजीनामा दिएका हुन्।

कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती पर्यटन तथा वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री थिए । उनीहरूले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १६:०४