१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष

२६ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडानबाट पछि नहट्ने निर्णय गरेको हो ।

यता, सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सोमबार दिउँसो २ बजे छलफल गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १२:०४