सेयर बजार बन्द हुने
२६ चैत, काठमाडौँ। आज सेयर बजार बन्द हुने भएको छ । घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाले आज चैत २६ गते सोमबार सेयर कारोबार नहुने भएको हो ।
आज काठमाडौँ उपत्यकामा रहेको सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । अब सेयर बजार चैत २७ गते मंगलबार बिहान ११ बजे खुल्नेछ । आइतबार बजार २२.७५ अंकले बढेर २०२६.८१ बिन्दुमा बन्द भएको थियो ।
प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०९:२९












