११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

आज यी बैंकका शाखा कार्यालयहरू खुल्ला रहने

२६ चैत, काठमाडौँ । आज सार्वजनिक बिदाको दिन पनि विभिन्न बैंकका शाखाहरू खुला रहने भएका छन् । आज घोडे जात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएता पनि माछापुच्छ्रे बैंक, कृषि विकास बैंक र हिमालयन बैंकले केही शाखाबाट सेवा दिने भएका छन् ।

माछापुच्छ्रे बैंकको आज न्यूरोड,कोटेश्वर,पुतलीसडक र सूर्यविनायक शाखा कार्यालयहरु खुल्ला रहने भएका छन् । उक्त शाखा कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह १.३० बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

त्यस्तै, कृषि विकास बैंकको राशाहपथ,महाराजगञ्ज,कोटेश्वर,स्वयम्भु,मंगलबजार,कालिमाटी,मैतिदेवी,दुधपाटी र गठ्ठाघर शाखा कार्यालयहरु खुल्ला रहने छन् । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

साथै, हिमालयन बैंकको ठमेल शाखा कार्यालय ९ बजेदेखि १२ बजेसम्म,पाटन शाखा १२ देखि ३,न्यूरोड शाखा ३ देखि ६ ,सूर्यविनायक शाखा १० देखि १.३० ,कुमारीपाटी शाखा १० देखि १.३० र महाराजगञ्ज शाखा कार्यालय १० देखि १.३० बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०९:२३