२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

नेप्सेमा एक कम्पनीको २ लाख ७९ हजार कित्ता बोनस सेयर सूचिकृत

२५ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मन्दाकिनी हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस बापतको २ लाख ७९ हजार ३१७.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १७:३३